AEC FNCCI: News

News

Nepal Agritech Int’l Expo and Nepal Investment Summit – 2017

Nepal Agritech and invesment summit -2017

नेपाल अन्तरष्ट्रीय सभा सम्मेलनमा सहभागइता

Asian Productivity Organization (APO)-2017

अदुवा निकासी गर्न महासंघको आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ।

माउ अदुवा धमाधम बजार पठाउने बेला भारतले लिएको आकस्मिक निर्णयले नेपाली निर्यातकर्ता प्रभावित भएपछि प्रतिनिधिमण्डल राजदूतावासमा छलफल गर्न गएको हो।

नेपालबाट भारततर्फ हुने अदुवा निकासीमा केही दिनयता देखिएको समस्या तथा सुदूरपश्चिमाञ्चलको गौरीफन्टा नाकादेखि पलिया बजारसम्मको राजमार्ग स्तरोन्नति लगायत विषयमा छलफल भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतीय राजदूतावासका प्रथम सचिव (वाणिज्य) एन रामप्रसादसँग भएको छलफलमा अदुवाको मुख्य सिजनमा भारत निकासीमा उत्पन्न समस्याका कारण व्यवसायी मर्कामा परेकाले पूर्ववत् निकासीको वातावरण बनाउन प्रतिनिधिमण्डलले आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सो अवसरमा अदुवा लगायत कृषिजन्य उत्पादनको निकासी गर्दा आफ्ना किसानलाई मर्का नपर्नेमा दुवै देश चनाखो हुनुपर्ने र नेपालबाट के कति उत्पादन तथा निकासी हुन्छ त्यसको राम्रो अभिलेख राख्नुपर्नेमा पनि जोड दिइएको थियो।

महासंघ प्रतिनिधिमण्डलले धनगढीको नेपाल–भारत सीमा नाकादेखि पलियासम्मको राजमार्ग व्यावसायिक उद्देश्य तथा त्यस क्षेत्रका जनताको आवतजावतका लागि अत्यन्त महŒवपूर्ण रहेकाले सोको स्तरोन्नति गरी व्यापार व्यवसाय विस्तार र आवतजावतलाई सहज बनाउन प्रतिनिधिमण्डलले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको र यस क्षेत्रका करिब २५ लाख जनताको जीवनसँग जोडिएको उक्त मार्ग स्तरोन्नति नहुँदा पटकपटक सवारी दुर्घटना हुनुका साथै मालबाहक सवारी साधन सयौं दिनसम्म बाटोमा रोकिएर व्यापार व्यवसायमा समेत निकै ठूलो नोक्सानी बेहोर्नुपरेको गुनासो सो अवसरमा गरिएको थियो।

चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयातमा रोक लगाएको  व्यवसायीको भनाइ छ।

नेपाली उत्पादनमा चिनियाँ अदुवा मिसावट भएको र त्यसमा अत्यधिक विषादीको मात्रा रहेको कारण देखाउँदै भारतीय पक्षले मंगलबारदेखि अदुवा आयातमा रोक लगाएको हो।

भारतीय अवरोधका कारण गत मंगलबार पूर्वी नाका काँकडभिट्टामार्फत अदुवाको एउटै ट्रक भारत गएनन्। साउनदेखि नै किसानले अदुवाको माउ निकाल्छन्। त्यसलाई सुकाएर भदौदेखि धमाधम बजार पठाउने गर्छन्। ठीक यही बेला नेपाली अदुवामा खोट देखाउँदै आयात नै बन्द गर्ने भारतीय कदमले यसको अन्तर्राष्ट्रिय बजार खतरामा पारेको निर्यातकर्ता बताउँछन्।

भारतीय राजधानी नयाँदिल्लीस्थित केन्द्रीय खाद्य विभागले नेपालसँग नाका जोडिएका सबै मातहत निकायलाई साताअघि नै पत्राचार गर्दै नेपालबाट भित्रिने अदुवामा ‘मिसावट रहेको’ जनाउ दिएको पानीट्यांकी भन्सारले जनाएको छ। खाद्य विभागका आयात निर्देशक विमलकुमार दुवेद्वारा प्रेषित पत्रमा चिनियाँ र नेपाली अदुवामा घातक विषादी फेला परेको उल्लेख छ। तर, आयात नै रोक्नू भन्ने व्यहोरा छैन।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतीय पक्षले सोमबार साँझसम्म भन्सार प्रक्रिया पूरा गरेका अदुवा बोकेका ट्रक मात्रै पानीट्यांकी नाकाबाट अघि बढ्न दिएको छ।


कृषि उद्यम बजार’ मोबाइल एप्स सार्वजनिक, कृषिजन्य वस्तुको थोक मूल्य थाहा पाइने

home pic

काठमाडौं, २ भदौ । ‘कृषि उद्यम बजार’ एन्ड्रोइड मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र कृषि विकास मन्त्रालयअन्तर्गत एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको संयुक्त प्रयासमा एप्स सार्वजनिक गरिएको हो ।

एप्सले कृषक, व्यवसायीलगायत कृषिसम्बन्धी सरोकारवालालाई सहयोग पु¥याउने कृषि उद्यम केन्द्रले  जनाएको छ । एप्समा कृषि उद्यम केन्द्रद्वारा संकलित सूचनाका आधारमा देशका ४० भन्दा बढी कृषि बजारमा खरिद बिक्री हुने कृषिजन्य वस्तुको दैनिक थोक मूल्य विवरण राखिनेछ ।

वस्तुको मूल्य, उतारचढाव, बिक्री गर्ने ठाउँलगायत कृषकलाई आवश्यक सम्पूर्ण विषय एप्समा समावेश छ । इन्टरनेट उपलब्ध नभएको अवस्थामा पनि ‘एसएमएस’ मार्फत वस्तुको मूल्यबारे जानकारी लिन सकिने बताइएको छ ।

एप्स सार्वजनिक गर्दै कृषि विकासमन्त्री गौरीशंकर चौधरीले कालोबजारी र ठगी गर्ने कार्यलाई रोक्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले कृषि क्षेत्रको विकासका लागि सरकारले ल्याएको २७ बुँदे प्रतिबद्धताअनुसार कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्नुपर्ने बताए ।

कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले बजारमा रहेका बिचौलियाको बिगबिगी हटाउन एप्स फलदायी हुने बताए । “एप्समार्फत व्यापारी र उपभोक्तालाई जोड्न सकियोस्,” उनले भने, “बनाइएको एप्लिकेसनलाई स्यायित्व भने दिनुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले एप्लिकेसनको सहयोगले बिचौलिया हराउने बताए । उनले कृषकले उत्पादन गरेका सामग्रीको उचित मूल्य दिलाउन एप्लिकेसनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले कृषि क्षेत्रलाई व्यवसायीकरण तथा औद्योगिकीकरण गर्ने उद्देश्यले एप्स सार्वजनिक गरिएको बताइन् । एप्सलाई कृषि क्षेत्रको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइने उनको भनाइ थियो ।

“एप्समा कृषिसँग सम्बन्धित विभिन्न सूचना राखिएको छ । यसबाट कृषकलाई हौसला तथा व्यवसायीले जानकारी पाउनेछन्,” उनले भनिन्, “आगामी दिनमा आवश्यक सूचना थप्दै जानेछौं ।”


कृषि सूचना सम्बन्धी मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने कार्यक्रम ।

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र तथा साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको संयुक्त प्रयासमा कृषक, व्यापारी तथा कृषि क्षेत्रमा सम्लग्न सम्पुर्णलाई उपयुक्त हुने कृषि सुचना प्रणाली सम्बन्धी “कृषि उद्यम बजार (Krishi Udhyam Bazar) नामक मोबाइल एप्लिकेशन को विकास गरिएको व्यहोरा सर्हष अनुरोध गर्दछौ ।

उक्त मोबाईल एप्लिकेशनलाई सवै सरोकारवालाहरु समक्ष जानकारी दिने एवं प्रचार–प्रसार गर्ने उद्देश्यले निम्न मिति, समय र स्थानमा माननीय मन्त्री ज्यू, कृषि विकास मन्त्रालयबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी गर्दछु ।

कार्यक्रम
मिति: २०७३ भाद्र १ गते बुघबार
समय: ठीक विहान १०:३० बजे
स्थान: महासंघ सचिवालय, टेकु, काठमाडौं ।


Article of Home Stay- Homestay gau ma ramayeka yuba

1. Press Release:- 151117 Press Release

2. The Takeda Young Entrepreneurship Award:- Young Takeda 2016 Poster

3. Call for Application (Or Nominations):- Call for Applications


1. कृषि^ साप्ताहिक

More Details – Krishi Publication


2. Summary of Business Seminar on

“Cooperation between Nepal and Israel:Development on Agricultural Sector”.

More Details – Summary of Business Seminar


3. Progress Report of 2071 (2014)

More Details: New Annual AEC’sProgess Report- 2071